Logo

राजनीति

उपेन्द्र यादव बारा २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस



जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव बारा २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन् । २०७४ को निर्वाचनमा सप्तरी २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य यादवको नाम यस पटक बारा २ बाट सिफारिस गरिएको हो ।

सोमबार बसेको जसपा बारा क्षेत्र नम्बर २ कमिटीको बैठकले यादवको नाम सिफारिस गरेको हो । जसपाको क्षेत्रीय कमिटीले यादवसँगै रामसहायप्रसाद यादव र प्रयाग रायको नाम पनि सिफारिस गरेको छ । रामसहाय २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट २८ हजार १८५ मत ल्याएर विजयी भएका थिए ।

सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले चुनाव लड्ने घोषणा गरिसकेका छन् । राउतको उम्मेदवारी घोषणापछि यादव सुरक्षित क्षेत्र खोज्न थालेको बताउने गरिएको छ । तर, यादव कहाँबाट लड्ने निश्चित भइसकेको छैन ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार १५:१६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।