जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लागि उम्मेदवार सिफारिस गर्न प्रदेश र जिल्ला कमिटीहरुलाई परिपत्र जारी गरेको छ । लोसपा अध्यक्ष महन्थ ठाकुरले भदौ १९ गतेदेखि २१ गतेभित्र प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र जारी गरेका हुन् ।
पार्टीको क्षेत्रीय समितिको बैठकबाट प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फ सहमति भए एक जना र सहमति नभए एक महिलासहित अधिकतम ३÷३ जनाको नाम सिफारिस गर्नुपर्ने ८ बुँदे परिपत्रमा भनिएको छ । समानुपातिकतर्फ उम्मेदवारको सिफारिस गर्दा महिलालाई प्राथमिकता दिने एवं यथासम्भव आदिवासी, जनजाती, खसआर्य, थारु, दलित, मधेशी तथा मुस्लिम अनुसारको कलस्टर बमोजिम नाम पठाउन भनिएको छ ।




















प्रतिक्रिया