Logo

राजनीति

आफू विरुद्धको महाअभियोगबारे बयान दिन सिंहदरबार पुगे जबरा



काठमाडौं । आफूविरुद्ध लागेको महाअभियोगबारे बयान दिन निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा सिंहदरबार पुगेका छन् । उनीसँग महाअभियोग सिफारिस समितिले आज (बुधबार) बयान लिँदैछ ।

उनलाई संघीय संसदका महासचिवको कार्यकक्ष नजिकको कक्षमा राखिएको छ । समितिको बैठक अब केहीबेरमा सुरु हुँदैछ । गत फागुन १ गते सत्तारुढ सांसदहरुले महाअभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बनमा परेका थिए ।

बुधबार बयान लिने भएपछि समितिले यसअघि नै प्रमाणहरू संकलन गरेको छ । सार्वजनिक सूचना जारी गरी प्रमाण माग गरेपछि समितिलाई नेपाल बार एशोसिएसनले मात्रै ३४ वटा प्रमाण बुझाइसकेको छ । समिति सचिवालयका अनुसार विभिन्न व्यक्ति र संस्था गरी १० ठाउँबाट प्रमाणहरू प्राप्त भएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार ११:२४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।