Logo

खेलकुद

कञ्चनसँग लगनगाँठो कस्दै फुटबलर किरण चेमजोङ



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान तथा गोलकिपर किरण चेमजोङले आज (बुधबार) लगनगाँठो कस्दैछन् । उनले प्रेमिका कञ्चन निरौलासँग सिल्भर ओक पार्टी प्यालेस बालुवाटारमा विवाह गर्न लागेका हुन् ।

किरण इमाडोलस्थित घरबाट जन्तिसहित बालुवाटार पुग्ने छन् । किरणले कञ्चनसँग गत साउनमा माल्दिभ्समा विवाहको प्रस्ताव गर्दै इन्गेजमेन्ट गरेका थिए । उनले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जिते लगत्तै आफ्नो टिमको साथमा प्रेमिकालाई विवाह प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार ११:४४   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।