Logo

राजनीति

संसदीय चुनाव लड्ने तयारीमा रहेका मधेशका मुख्य न्यायाधिवक्ता झाद्वारा राजीनामा



जनकपुरधाम । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले राजीनामा दिएका छन् । मुख्यमन्त्री लालबाबु राउतलाई शनिबार राजीनामा बुझाएको झाले जानकारी दिए । मधेश सरकार गठन भएपछि मुख्य न्यायाधिवक्ता बनेका उनी लगातार पाँच वर्ष यो पदमा रहे ।

राजीनामा दिएका झा महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको तयारी गर्दैछन् । यस क्षेत्रबाट २०७४ को निर्वाचनमा लोसपा अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन् ।

झा शनिबार नै जनता समाजवादी पार्टीमा प्रवेश गर्दैछन् । जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराउन लागेको झाले जानकारी दिए ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार १४:२५   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।