Logo

प्रमुख समाचार

बाबुरामलाई चुनाव जित्न डा. गोविन्द केसीको शुभकामाना



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र डा. गोविन्द केसीबीच शनिबार गोरखामा आकस्मिक भेट भएको छ । भेटका क्रममा आफूहरूबीच स्वास्थ्य क्षेत्र र समग्र नेपाली समाजकै विकृति/विसंगतिबारे विचार आदानप्रदान भएको डा. भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

भेटका क्रममा डा. केसीले आफूलाई चुनावमा जितका लागि शुभकामना दिएको डा. भट्टराईले जनाएका छन् । उनले त्यसका लागि डा. केसीप्रति आभार प्रकट गरेका छन् । उनले डा. केसीलाई नेपाली गान्धी भनेर प्रशंसा गरेका छन् । 

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले आसन्न निर्वाचन गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी थालेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार १९:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।