Logo

राजनीति

गठबन्धनमा सिट बाँडफाँटको मस्यौदा तयार, कसलाई कति सिट ?



काठमाडौं । पाँच दलीय सत्ता गठबन्धले सिट बाँडफाँटका लागि मस्यौदा तयार गरेको छ । आइतबार बालुवाटारमा शीर्ष नेताबीचको छलफलबाट तयार पारिएको मस्यौदा आजै बस्ने बैठकमा प्रस्तुत गरिँदै छ । तर मस्यौदामा सहमति भने भइनसकेको बताइएको छ ।

प्रस्तावित मस्यौदामध्ये नेपाली कांग्रेसलाई लोसपासहित ९० सिट छुट्याइएको छ । त्यस्तै माओवादीलाई (नेसपा) बाबुराम भट्टराई, महिन्द्रराय यादव, वामदेवसहितलाई ४४ सिट, नेकपा एकीकृत समाजवादीलाई १८, जसपालाई १२ र राजमोलाई १ सिट प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आईतवार १४:५६   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।