काठमाडौं । राष्ट्रप्रेमी समृद्ध नेवाः अभियानले भर्खरै संघीय संसदका दुवै सदनबाट पारित भएको नागरिकता विधेयकलाई राष्ट्रघाती भन्दै सबैलाई आ–आफ्नो ठाउँबाट विरोध गर्न आह्वान गरेको छ । केन्द्रीय कार्यालय काठमाडौंले आज (आइतबार) सामाजिक सञ्जालमार्फत भएपनि सबैलो यसको नागरिकता विधेयकको प्रतिवाद गर्न भनेको छ ।
यसविरुद्ध शनिबार प्रदर्शन पनि भएको छ । उक्त प्रदर्शनप्रति ऐकेबद्धता जनाउँदै अभियानले भनेको छ, ‘मिति २०७९÷५÷१८ गते शनिबारका दिन नयाँ बानेश्वरमा विभिन्न विषयका ज्ञाता, विश्लेषक, बौद्विक, बुद्धिजीवी वर्ग, पूर्वसुरक्षाकर्मी, कानुन विज्ञ, इन्जिनियर, प्राध्यापक, धार्मिक संस्थाका सदस्य र विभिन्न क्षेत्रका आम जनसहभागितामा गरिएका शान्तिपूर्ण राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध विरोध प्रदर्शनमा राष्ट्रप्रेमी सम्मृद्व नेवाः अभियान पूर्ण सहमतिका साथै राष्ट्रवादी, देशभक्त आम नागरिकहरूलाई यो विधेयकलाई आ–आफनो फेसबुकबाट विरोध गर्न हार्दिक अनुराध गर्दछ ।’
प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेको नागरिकता विधेयक प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिकहाँ पठाउने तयारी भइरहेको छ । यसअघि प्रमाणीकरणका लागि पठाइएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदै सन्देशसहित पुनर्विचारका लागि प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् । तर दवै सदनले नागरिकता विधेयक हुबहु पारित गरेर राष्ट्रपतिलाई फेरि पठाउन लागिएको हो । यसलाई राष्ट्रपतिले १५ दिनभित्रमा प्रमाणीकरण गर्नुपर्ने हुन्छ । दोस्रो पटक प्रमाणीकरणका लागि पठाइएको विधेयक फिर्ता गर्ने संवैधानिक अधिकार राष्ट्रपतिलाई छैन ।




















प्रतिक्रिया