Logo

राजनीति

सिट बाँडफाँटबारे गठबन्धनमा जुटेन सहमति, अबको दुई दिनमा टुंग्याउने दाबी



काठमाडौं । सिट बाँडफाँटबारे टुंगोमा पुग्न बसेको पाँच दलीय सत्ता गठबन्धन कार्यदलको बैठक आज (आइतबार) पनि विनानिश्कर्ष सकिएको छ । आइतबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सिट बाँडफाँडबारे छलफल भएपनि निश्कर्षमा नपुगेको सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुुर कार्कीले जानकारी दिए ।

उनले अब कार्यदल बैठक लगातार बसेर दुई दिनभित्र सिट बाँडफाँटको टुंगो लगाउने दाबी गरे । ‘बैठक जारी छ । भोली १ बजे फेरि हाम्रो कार्यदलको बैठक छ । कार्यदलले लगातार बैठक बसेर सहमतिपूर्ण निर्णयमा पुग्छ र त्यो निर्णय शीर्ष नेतालाई पेश गर्छो’, बैठकपछि कार्कीले भने । उनले सिट बाँडफाँट न्यायोचित, सम्मानजनक र सबैले जितेको महशुस हुनेगरी निर्णयमा पुग्ने बताए ।

सत्ता गठबन्धनमा प्रतिनिधिसभा र प्रदेशसभामा पनि जित्नेगरी संख्या भागबण्डा गर्ने गृहकार्य भइरहेको नेताहरुको भनाइ छ । यसअघि प्रतिनिधि सभामा दलहरुले दाबी गरेको संख्याबाट केही सिट तलमाथि गरेर सहमतिमा पुग्न नेताहरु सहमति नजिक पुगेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आईतवार १९:२४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।