Logo

मनोरञ्जन

‘प्रेमगीत ३’ का विषयमा ‘कपिल शर्मा शो’मा जाँदै मनीषा र गोविन्दा



काठमाडौं । नेपाली फिल्म ‘प्रेमगीत ३’ का विषयमा बलिउड स्टार मनीषा कोइराला र गोविन्दाले ‘कपिल शर्मा शो’मा जाने तयारी गरेका छन् ।

भारतीय चर्चित शो मा ‘प्रेमगीत ३’का तर्फबाट सहभागिता जनाउन गरिएको प्रस्तावमा मनीषा र गोविन्दाले सहमति जनाएको निर्माता सन्तोष सेनले जानकारी दिए ।

शो मा सहभागिताका लागि भारतीय निर्माताले सञ्चालक कपिल शर्मालाई आग्रह गरेका थिए । कपिलले आफ्नो शो मा ‘प्रेमगीत ३’लाई लैजाने नलैजाने भन्ने निर्णय भने दिइसकेका छैनन् ।

सेनले भने, ‘उहाँले सेड्युल मिलाएर निधो दिन्छौं भन्नुभएको छ । यदि सुटिङ भयो भने सेप्टेम्बर १५ तिर हुन्छ।’ सेनसहित ‘प्रेमगीत ३’ टिमले मुम्बईस्थित मनीषा निवासमा यसबारे छलफल गरेका थिए ।

मनीषाले सामाजिक सञ्जालमार्फत यो फिल्मको प्रमोसन गरिरहेकी छन् । प्रदीप खड्का स्टार ‘प्रेमगीत ३’ आगामी असोज ७ गतेबाट नेपाल र भारतका हलमा एक साथ प्रदर्शनमा आउँदै छ । याे फिल्म नेपालमा नेपाली भाषामा र भारतमा हिन्दी भाषामा रिलिज हुनेछ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार ०९:११   :  बजे

252
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।