Logo

बैंकिङ

राष्ट्र बैंकको मौद्रिक नीति पास, अपरान्ह ४ः१५ बजे सार्वजनिक गरिंदै



नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको मौद्रिक नीति पास भएको छ । आज शुक्रबार बिहान बसेको संचालक समितिको बैठकले मौद्रिक नीतिलाई पास गरेको हो । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अपरान्ह ४ः१५ बजे मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ  ।

राष्ट्र बैंकका स्रोतका अनुसार यो वर्षको मौद्रिक नीतिले कोभिड प्रभावित व्यवसायीलाई दिने सहुलियतलाई निरन्तरता दिने छ भने कर्जा लगानीका प्रावधानमा कडाई गर्नेछ । 

यस पटकको मौद्रिक नीतिमा बिग मर्जरलाई प्रोत्साहन गर्ने जनाइएको छ । तर बिग मर्जरलाई फोर्स मर्जरको रुपमा जाने संकेत गरिएको छैन ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार १२:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।