Logo

बैंकिङ

नेपाल लाइफको खुद नाफा ५३ करोड माथि, झण्डै ३२ अर्ब विमा शुल्क संकलन 



सबैभन्दा ठूलो विमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले ५३ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा १.०५ प्रतिशत अर्थात् ५५ लाख ६३ हजार रुपैयाँले खुद नाफा थप गरेको हो । अघिल्लो आवमा कम्पनीले ५३ करोड ३ लाख ७९ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीले सार्वजनिक गरेको गत आवको वित्तीय विवरण अनुसार सो अवधिमा बैंकले ३१ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ खुद बीमा संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १६.९३ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले २७ अर्ब ३४ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

कम्पनीले कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी ७ अर्ब ७७ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३७.५३ प्रतिशत अर्थात् २ अर्ब १२ करोड २१ लाख रुपैयाँ बढी हो ।

यसैगरी, सो अवधिमा कम्पनीले जीवन बीमा कोषको रकम २९.२९ प्रतिशतले थप गरेको छ । अघिल्लो आवमा कम्पनीको ८७ अर्ब २ करोड ६० लाख रुपैयाँ जीवन बीमा कोषमा मौज्दात थियो । जसमा २५ करोड ४८ लाख ६९ हजार रुपैयाँ थप गरी १ खर्ब १२ अर्ब ५१ करोड २९ लाख रुपैयाँ पुर्याएको छ । 

समीक्षा अवधिमा कम्पनीले ८ अर्ब७८ करोड ४ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको छ भने २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ दावी भुक्तानी बक्यौता रहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार १४:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।