Logo

बैंकिङ

प्रभु बैंकको नाफा ६८.४५ प्रतिशतले बढेर २ अर्ब नाघ्यो



प्रभु बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफा ६८.४५ प्रतिशतले बढेर दुई अर्ब एक करोड १६ लाख ५३ हजार रुपियाँमा पुगेको छ । 

बैंकले अघिल्लो वर्ष यसै अवधिमा एक अर्ब १९ करोड ४२ लाख दुई हजार  रुपियाँ खुद नाफा कमाएको थियो ।  यस बैंकले इम्पेयरमेन्ट चार्ज रिभर्स गरेकाले नाफामा आकर्षक वृद्धि गर्न सफल भएको हो । यस अवधिसम्म आउदा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा  पनि बढेको छ । जस्ले नाफालाई बृद्धि गर्न टेवा पुर्याएको छ । 

असार मसान्तसम्म आइपुग्दा प्रभु बैंकले तीन करोड ९६ लाख ६७ हजार रुपियाँ इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको छ । अघिल्लो वर्ष यसले ५३ करोड ६६ लाख ५८ हजार रुपियाँ  इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको थियो । 

समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि ११.०८ प्रतिशत र  ६४.१३ प्रतिशतले बढेर अर्ब दुई करोड २१ लाख ९७ हजार रुपियाँ र दुई ९६ करोड ३२ लाख १५ हजार रुपियाँ पुर्याउन सफल भएको छ । 

हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ३४ करोड रुपियाँ छ भने जगेडा कोषमा चार अर्ब ४५ करोड रुपियाँ छ । असार मसान्तसम्म बैंकले एक खर्ब ६४ अर्ब ८३ करोड रुपियाँ निक्षेप संकलन गरेर एक खर्ब ३५ अर्ब १७ करोड रुपियाँ कर्जा लगानी गरेको छ । 

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार १२:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।