Logo

कर्पोरेट फोकस

सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ८१ प्रतिशतले बढ्यो



सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको अन्तयसम्मा आइपुग्दा अधिंकाश सूचकमा प्रगति गर्न सफल भएको छ ।

कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा खुद बीमा शुल्क आर्जन ८१ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । अघिल्लो आर्थिक बर्षमा १ अर्ब ८८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको कम्पनीले गत आर्थिक बर्षको अन्त्यसम्ममा ३ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

यस त्रैमासको अवधिसम्ममा कम्पनीको अभिकर्ता कमीशन ७५ प्रतिशतले वृद्धि भई अभिकर्ताहरुले ६२ करोड ९४ लाख रुपैयाँ अभिकर्ता कमीशन पाउन सफल भएका छन् ।

कम्पनीले यस त्रैमासको अवधिसम्मा २ लाख ४ हजार ३ सय ७२ वटा बीमालेख जारी गरी ३ अर्ब ५३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ छ भने जगेडा कोषमा ७७ करोड रुपैयाँ र जीवन बीमा कोषमा ३ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आईतवार ०९:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।