ग्लोबल आइएमई बैंकको गत आर्थिक बर्ष २०७७/७८ मा खुद नाफा ४१.८७ प्रतिशतले बढाउन सफल भएको छ । बैंकले अघिल्लो आवको तुलनामा गत आवमा यस्तो नाफा करिब एक अर्ब २२ करोड रुपैयाँले बढाएर चार अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । यसको नाफा अघिल्लो वर्ष २ अर्ब ९० करोड ८६ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।
गत असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ९.४७ प्रतिशत बढेर नौ अर्ब ३ लाख ५८ हजार रुपैयाँ भएको छ । अघिल्लो आवमा बैंकले खुद ब्याज आम्दानी ८ अर्ब २२ करोड २० लाख १३ हजार रुपैयाँ थियो ।
गत आवमा बैंकको चुक्ता पुँजी १४ प्रतिशत बढाएर २१ अर्ब ६३ करोड २५ लाख ३ हजार रुपैयाँ पुगेको छ । यसको जगेडा कोषमा रहेको रकम १२.१५ प्रतिशत बढेर ११ अर्ब पाँच करोड ५८ लाख ८१ हजार रुपैयाँ, निक्षेप २६.४३ प्रतिशत बढेर २ खर्ब ६८ अर्ब ४३ करोड ३७ लाख ९२ हजार रुपैयाँ र कर्जा २०.२६ प्रतिशत बढेर २ खर्ब २८ अर्ब ८९ करोड ३९ लाख ७८ हजार रुपैयाँ पुर्याएको छ ।
गत आवमा यो बैंकको वितरण योग्य मुनाफा ५९.३८ प्रतिशत बढेर २ अर्ब ७६ करोड १९ लाख ३ हजार रुपैयाँ पुगेको छ । नेट फि तथा कमिशन आम्दानी २४.२८ प्रतिशत बढेर एक अर्ब ५२ करोड ८७ लाख ९५ हजार रुपैयाँ भएको छ ।
यसको सञ्चालन मुनाफा ३८.०५ प्रतिशत बढेर पाँच अर्ब ८६ करोड २० लाख ७१ हजार रुपैयाँ छ । कुल सञ्चालन मुनाफा १५.४९ प्रतिशत बढेर ११ अर्ब ८१ करोड २४ लाख ३२ हजार रुपैयाँ रहेको छ ।





















प्रतिक्रिया