Logo

बैंकिङ

सनराइज बैंकको खुद नाफा १६.३९ प्रतिशतले बृद्धि, वितरणयोग्य मुनाफा ६० करोड १५ लाख



सनराइज बैंकको नाफा १६.३९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा बैंकको नाफा अघिल्लो आवको तुलनामा २२ करोड २७ लाख ७२ हजार रुपैयाँले बढेर १ अर्ब ५८ करोड २२ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

बैंकले गत आवसम्मा खुद ब्याज आम्दानी भने ८.७७ प्रतिशतले घटेको छ । यसको गत आवमा खुद ब्याज आम्दानी तीन अर्ब ५२ करोड ६ लाख ९७ हजार रहेको छ । बैंकको सञ्चालन मुनाफा पनि १८.९१ प्रतिशतले बढेको छ । बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा १८.९१ प्रतिशत बढेको छ ।

गत वर्षको वितरणयोग्य मुनाफा ६० करोड १५ लाख रुपैयाँ रहेको छ । गत आवमा नेट फि तथा कमिशन आम्दानी ११.८३ प्रतिशत बढेको छ। यो अवधिमा बैंकले यस्तो आम्दानीबाट ९६ करोड २१ लाख रुपैयाँ कमाएको छ ।

बैंकको प्रतिशेयर आम्दानी सामान्य १ रुपैयाँ ५२ पैसाले बढेको छ । यसको प्रति सेयर आम्दानी १६ रुपियाँ ६८ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ २६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २२.९२ गुणा रहेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार १२:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।