कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिक प्रा.लि. बीच व्यवसायीक सम्झौता भएको छ । सम्झौतापछि कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले सम्यक डायग्नस्टिकमा स्वास्थ परिक्षण गराउँदा १५ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।
यो सुविधा सम्यक डाईग्नोष्टिकको जावलाखेल तथा मध्य बानेश्वरमा रहेका शाखाबाट प्राप्त हुनेछ । नेपालकै पहिलो आई.एस.ओ. १५८९ः२०१२ मान्यता प्राप्त स्वास्थ प्रयोगशाला सम्यकले स्वास्थ प्रशिक्षण सम्बन्धी उत्कृष्ट सुविधा प्रदान गर्दै आइरहेको छ ।
यो सम्झौताबाट बैंकका कर्मचारी तथा ग्राहकहरुले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ । काठमाडौं-३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, एक विस्तारीत शाखा ७२ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।
यस बैंकले Social Media Banking, KS iMobile, जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।





















प्रतिक्रिया