सनराइज बैंकले भदौ महिनामा खाता खोल्ने महिलाहरुको लागि ‘नारी विशेष योजना’ सार्वजनिक गरेको छ । बैंकले भदौ महिनाभर खाता खोल्दा विभिन्न सेवाहरु निःशुल्क गर्नुका साथै क्यास ब्याक र छुटको पनि व्यवस्था गरेको छ ।
बैंकले सार्वजनिक गरेको योजना अनुसार ग्राहकहरुलाई भदौं महिनाभर नारी बचत खाता खोल्ने महिलाहरुलाई आकर्षक ब्याजका साथै विभिन्न ५ वटा सेवाहरु निःशुल्क दिइने छ । प्रथम वर्षको लागि निःशुल्क दिइने सेवामा डिम्याट, मेरो सेयर, डेबिट कार्ड, क्रेडिट कार्ड तथा लकर सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
साथै बैंकले अनलाइनबाटै खाता खोल्ने सुविधा पनि प्रदान गर्दै आएकोमा भदौं महिनाभर अनलाइन खाता खोल्ने सम्पूर्ण नारीहरूलाई पहिलो कारोबार गर्दा २५ प्रतिशत वा ३०० सम्मको छुट समेत प्रदान गर्ने बैंकले जनाएको छ ।
साथै सनराइज नारी बचत खाता हुने सम्पूर्ण ग्राहकहरुलाई भदौ महिनाभरि कर्जा लिँदा प्रशासनिक शुल्कमा ०.२५ प्रतिशत सम्म छुट दिने समेत बैंकले जनाएको छ ।





















प्रतिक्रिया