Logo

मनोरञ्जन

चलचित्र ‘म राजेश हमाल’को प्रदर्शन मिति सार्वजनिक



काठमाडौं । केही समय अघि नै सम्पूर्ण काम सकेर प्रदर्शनको पर्खाइमा रहेको चलचित्र ‘म राजेश हमाल’को फर्स्टलुक पोस्टर सँगै रिलिज मिति सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता केदार भुसालले आफ्नो जन्मदिन महानवमीको अवसर पारेर चलचित्र ‘म राजेश हमाल’को रिलिज डेट सार्वजनिक गरेका हुन् । चलचित्र आगामीचैत्र १० गते बाट देशभर प्रदर्शनमा आउने छ ।

जोन योञ्जनको निर्देशनमा बनेको चलचित्रमा सञ्चिता लुँइटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एभोन राज उप्रेती, सँजोग रसाइली र अस्मिता लामिछानेको मुख्य भूमिका रहेको छ। चलचित्रमा आर्यन सिग्देल विशेष भूमिकामा देखिने छन् भने राजेश हमलाको आवाजले कथा बोकेको छ ।

चलचित्रका कथाकार जोन योञ्जन हुन् भने पटकथामा जोनलाइ सायदले साथ दिएका छन् । आलोक शुक्लाको छायाँकन, भीम विश्वकर्माको सम्पादन, मणिरत्न त्रिपाठिको साउण्ड डिजाइन रहेको चलचित्रको स्क्रिप्ट डक्टर भने केशव पाण्डे हुन् । चलचित्रमा दिपक आर जे र कमल रेग्मिको  संगीत रहेको छ । किरण कुमार महर्जन सह-निर्माता रहेको चलचित्रमा जिव लाल भुसाल, नविन भुसाल र श्रृषा भुसाल भने कार्यकारी निर्माता हुन् ।

राजेश हमाल केवल सुपारस्टार होइनन् उनी एक भावना हुन् भन्ने ट्यागलाइनमा बनेको चलचित्र को पोस्टर भने ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेन (भिमसेन शाही) ले डिजाइन गरेका हुन् । निर्माता भुसालले यस अघि प्रदर्शनको लागि घोषणा गरेको उनको पहिलो चलचित्र ‘कौसिद’ को नयाँ प्रदर्शन मिति कोजाग्रत पुर्णिमाको दिन सार्वजनिक गर्ने जानकारी दिए ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलवार ११:२१   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।