Logo

राजनीति

एमाले र जसपाबीच सहमति, जसपाले प्रतिनिधिमा १७ र प्रदेशमा ४२ सिट पाउने [सूचीसहित]



काठमाडौं । नेकपा एमाले र जसपाबीच चुनावी तालमेलको सहमति भएको छ । जस अनुसार जसपाले प्रतिनिधि सभातर्फ १७ सिट र  प्रदेश सभातर्फ ४२ सिट पाउने छ । 

प्रदेश २ का ३२ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये एमाले र जसपाले १४/१४ स्थानमा तालमेलको सहमति भएको एमाले महासचिव शंकर पोखरेलले बताएका छन् । 

त्यस्तै, रुपन्देही, कैलाली, मोरङ र सुनसरी गरी जसपाले थप ४ सिटमा एमालेको साथ पाउने छ। समग्रमा उसले प्रतिनिधि सभातर्फ १७ स्थानमा एमालेसँग तालमेल गरेको छ ।

एमालेले भने प्रदेश २ का जिल्लाबाहेक नवलपरासी पश्चिम, रुपन्देही, कैलाली, मोरङ र सुनसरीमा पनि जसपाको साथ पाउने छ । प्रदेश २ का १४ र बाँकी जिल्लाका २१ स्थानमा जसपासँग तालमेल गरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार १२:४६   :  बजे

252
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।