Logo

प्रमुख समाचार

गगन क्षेत्र नम्बर-४ मै, कांग्रेसबाट काठमाडौंमा काे-काे छन् उम्मेदवार



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाटै उम्मेदवार बन्ने भएका छन् । उनी सर्लाही ४ बाट चुनाव लड्ने चर्चाकाबीच कांग्रेसले काठमाडौं जिल्लामा प्रतिनिधिसभातर्फको उम्मेदवार टुंगो लगाएको हो ।

स्रोतका अनुसार महामन्त्री थापा काठमाडौं ४ बाटै चुनाव लड्ने तय भएको हो । कांग्रेसले काठमाडौंमा यसअघि निर्वाचित उम्मेदवारलाई नै दोहोर्‍याएको छ ।

काठमाडौं–१ प्रकाशमान सिंह

काठमाडौं–४ गगन थापा

काठमाडौं–५ प्रदीप पौडेल

काठमाडौं–६ भीमसेनदास प्रधान

काठमाडौं–१० राजेन्द्र केसी

प्रकाशित मिति : २३ आश्विन २०७९, आईतवार ०९:०४   :  बजे

405
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।