Logo

राजनीति

काठमाडौं ५ मा एमालेका ईश्वर पोखरेलसँग गठबन्धनका प्रदीप पौडेल भिड्ने



काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग गठबन्धनबाट नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल भिड्ने भएका छन् । सत्तारुढ दलहरुबीच भागबन्डा मिलाउँदा आफ्नो भागमा परेको काठमाडौं ५ मा कांग्रेसले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कांग्रेसका केन्द्रीय सदस्य पौडेलले आफ्नो गृह जिल्ला तनहुँ २ बाट उम्मेदवार बन्ने तयारी गरेका थिए । तर उनलाई पार्टीले काठमाडौं ५ मा उम्मेदवार बनाएको हो । एमाले नेता पोखरेल २०७४ मा पनि यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

यही क्षेत्रबाट रञ्जु दर्शनाले पनि स्वतन्त्र उम्मेदवारी दिने दिँदै छिन्

प्रकाशित मिति : २३ आश्विन २०७९, आईतवार ११:१७   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।