काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष एवं अर्थशास्त्री स्वर्णिम वाग्लेलाई टिकट दिन अस्वीकार गरेको छ । उनको कांग्रेसको क्षेत्रीय कमिटीले चितवन १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको थियो ।
तर चितवन १ मा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष विश्व पौडेललाई कांग्रेसले टिकट दिएको छ । वाग्लेले काठमाडौं ५ वा गोरखा १ बाट चुनाव लड्ने विकल्प पनि अघि सारेका थिए ।
तर काठमाडौं ५ मा प्रदीप पौडेल र गोरखा १ मा महासमिति सदस्यसमेत रहेका राजेन्द्र बजगाईँलाई टिकट दिएको छ ।




















प्रतिक्रिया