Logo

प्रमुख समाचार

दुई डाक्टर राजिनामा दिएर मनोनयन दर्ता गर्दै



चितवन । चितवन क्षेत्र नं १ र ३ मा दुई जना डाक्टरले उम्मेदवारी दर्ता गर्ने भएका छन् । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र भरतपुर अस्पताल विकास समितिको अध्यक्षबाट राजिनामा दिएर सङ्घीय निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने भएका हुन् ।

आयोगका उपाध्यक्ष डा विश्व पौडेलले चितवन क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गर्दै छन् भने डा भोजराज अधिकारीले भरतपुर अस्पताल विकास समितिको अध्यक्षबाट राजिनामा दिएर क्षेत्र नं ३ मा उम्मेदवारी दर्ता गर्दै छन् ।

पौडेल नेपाली कांग्रेसका तर्फबाट र अधिकारी नेकपा (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवार बन्न लागेका हुन् । पौडेलले दसैँअघि नै असोज २० गतेदेखि लागू हुनेगरी राजिनामा दिइसकेको बताएका छन् ।

अधिकारीले आजै राजिनामा दिएका हुन् । पौडेलले अर्थशास्त्रमा विद्यावारिधी गरेका हुन् भने अधिकारी फिजिसियन हुन् । उनीहरुले आज खैरहनी र रामपुरस्थित निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारी दर्ता गर्दै छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आईतवार १३:२५   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।