काठमाडौं । विवेकशील साझा पार्टीकी पूर्वनेतृ रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा विवेकशील नेपाली दलबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उठेकी उनले त्यसबेला तेस्रो स्थान प्राप्त गरेकी थिइन् ।
यसपटक भने उनले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । यस क्षेत्रबाट सत्ता गठबन्धनका तर्फबाट कांग्रेस युवा नेता प्रदीप पौडेल र नेकपा एमालेबाट ईश्वर पोखरेल उम्मेदवार छन् । पोखरेल २०७४ मा पनि काठमाडौं ५ बाटै निर्वाचित भएका हुन् ।




















प्रतिक्रिया