चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टीबाट टिकट नपाएपछि चितवन–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । सत्तारुढ गठबन्धनको सिट बाँडफाँटमा यो क्षेत्र नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।
कोइरालालाई नेपाली कांग्रेसले यस क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको थियो । तर भागन्डा मिलाउने क्रममा माओवादीको भागमा परेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । माओवादीले चितवन ३ बाट डा. भोजराज अधिकारीलाई अघि सारेको छ । अधिकारी भरतपुर अस्पतालका अध्यक्ष हुन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नु अघि उनले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र मानिन्छन् ।
अघिल्लो निर्वाचनमा चितवन ३ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निर्वाचित भएका थिए । यसपटकको निर्वाचनमा प्रचण्ड गोरखा २ बाट प्रतिस्पर्धा गर्दैछन् ।




















प्रतिक्रिया