काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालविरुद्ध एमालेकै नेता कपिलदेव न्यौपानेले बागी उम्मेदवारी दिएका छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङजा २ बाट सचिव अर्यालविरुद्ध उनकै सचिवालयमा रहेर काम गरेका न्यौपानेले उम्मेदवारी दर्ता गराएका हुन् ।
न्यौपाने एमालेको युवा तथा खेलकुद विभागको प्रमुख रहेका थिए । साथै एमाले गण्डकी प्रदेशको सदस्य समेत रहेका न्यौपानेले शनिबारमात्रै राजीनामा दिएका थिए । उनले पार्टीहरुले जनताका इच्छा आकांक्षा पुरा गर्न नसकेकाले स्वतन्त्र रुपमा निर्वाचित भएर जनताको भवनको कदर गर्ने दाबी गरेका छन् ।
सो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उपसभापति धनराज गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।




















प्रतिक्रिया