गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेका सचिव गोकर्णराज विष्ट र गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले मनोनयन दर्ता गराएका छन् । विष्ट र झाँक्री दुवैले आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
२०५६ को निर्वाचनदेखि गुल्मी–२ बाट विष्ट एमालेको उम्मेदवार बन्दै आएका छन् । उनले २०६४ को संविधानसभा निर्वाचनबाहेक तीनवटा चुनावमा जित हात पारेका थिए । झाँक्री भने पहिलोपटक चुनावी मैदानमा छन् । झाँक्री कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ गठबन्धनको साझा उम्मेदवार हुन् ।




















प्रतिक्रिया