Logo

खेलकुद

ला लिगा​मा बार्सिलोनाको कठिन जित



काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत गएरातिकाे खेलमा बर्सिलाेना विजयी भएकाे छ । ऊ घरेलु मैदान क्याम्प नाेउमा सेल्टा भिगाेविरुद्धको १-० ले विजयी भएकाे हाे ।

बार्सिलाेनालाई जित दिलाउन पेड्रिले गरेकाे एक मात्र गाेल निर्णायक बन्याे । उनले खेलकाे १७ औं मिनेटमा गाभीकाे क्रसबललाई सेल्टा भिगाेका खेलाडीले नियन्त्रणमा लिन नसकेकाे अवस्थाकाे फाइदा उठाउँदै गाेल गरेका थिए ।

जितसँगै ८ खेलमा २२ अंक जाेडेकाे बार्सिलाेना शीर्ष  स्थानमा उक्लिँदा पराजित सेल्टा भिगाे समान खेलबाट १० अंकका साथ ११ औं स्थानमा छ । 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार ०८:३२   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।