काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले आफ्नो निर्वाच क्षेत्रमा घरदैलो कार्यक्रम सुरु गरेका छन् । उनी सत्ता काठमाडौं क्षेत्र नं. ५ मा गठबन्धनको तर्फबाट प्रतितिधिसभा उम्मेदवार हुन् ।
आइतबार उम्मेदवारी दर्ता गरेको एक दिन पछि उनले काठमाडौंको हाँडीगाउँबाट घरदैलो सुरु गरेका हुन् । भोट माग्ने क्रममा सोमबार हाँडीगाउँको जात्रास्थलमा पुगेका उनले युवाहरुदेखि वृद्धवृद्धासम्म भेटेर भोट माग्दै आशीर्वाद लिए ।



त्यहीक्रममा जात्रामा सहभागी हुन पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलसँग पनि नेता पौडेलका जम्काभेट भयो । भेटमा पौडेले मेयर–उपमेयरसँग भलाकुसारी पनि गरे भने बालेन र सुनिताले जितको शुभकामना दिए ।


युवा नेता पौडेल उम्मेदवार बनेका काठमाडौं ५ मा काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६, ७ नम्बर वडाहरु पर्छन् ।
यो क्षेत्रबाट नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अघि सारेको छ । उनी २०७४ मा पनि यही क्षेत्रबाट कांग्रेस वर्तमन प्रवक्ता डा. प्रकाशशरण महतलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
यस्तै काठमाडौं ५ बाटै विवेकशील साझाकी पूर्वनेतृ रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । उनले २०७४ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयरमा तेस्रो स्थानको मत प्राप्त गरेकी थिइन् ।




















प्रतिक्रिया