Logo

प्रमुख समाचार

मन्त्री थापाद्वारा सुविधाको सवारी फिर्ता



गण्डकी । गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले आफूले प्रयोग गर्दै आउनुभएको सरकारी सवारी सुविधा फिर्ता गरेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धनको तर्फबाट कास्की २ (ख) मा प्रदेशसभा सदस्यका लागि आइतबार उम्मेदवार मनोनयन दर्ता गरेका मन्त्री थापाले आज सवारी सुविधा फिर्ता गरेका हुन् ।

मन्त्री थापाले गण्डकीको कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रीका रुपमा प्रयोग गर्दै आउनुभएको ग १ झ ५६३ नम्बरको सवारीको चाबी मन्त्रालयका सचिव शम्भुप्रसाद रेग्मीलाई हस्तान्तरण गरेका हन् । मन्त्री थापाले विसं २०७४ को निर्वाचनमा निर्वाचित भएपछि प्राप्त तलब, भत्ता तथा अन्य सुविधा पनि विभिन्न सामाजिक कार्यमा खर्च गर्दै आएको विवरण सार्वजनिक गरेका थिए । रासस

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार १९:३०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।