Logo

राजनीति

लमजुङ : प्रतिनिधिसभा र प्रदेशसभामा १३/१३ उम्मेदवार



लमजुङ । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधसभा र प्रदेशसभा सदस्यका लागि लमजुङमा तीन पदका लागि २६ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार एकमात्र प्रतिनिधिसभा र दुई प्रदेश क्षेत्र रहेको यस जिल्लामा प्रतिनिधिसभाका लागि १३ र प्रदेश क्षेत्रका लागि १३ जनाले उम्मेदवारी दिएका हुन् । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार प्रतिनिधिसभाका लागि दुईजना स्वतन्त्रसहित ११ वटा पार्टीका उम्मेदवार रहेका छन् ।

त्यस्तै, प्रदेश (क) मा छ वटा पार्टीका उम्मेदवार र प्रदेश (ख) मा सातवटा पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभाका लागि गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ र नेकपा (एमाले) का उपमहासचिव एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत उम्मेदवार बनेका छन् ।

त्यस्तै, प्रदेश (क) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस जिल्ला सभापति डा टकराज गुरुङ र एमालेका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य जमिन्द्रमान घलेलगायतको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश (ख) मा गठबन्धनबाट कांग्रेसकै पूर्वजिल्ला सभापति भेषबहादुर पौडेल र एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी लगायतले उम्मेदवारी दिएका छन् । लागि आइतबार उम्मेदवारी दिएका उम्मेदवारहरू कसैको पनि दाबी विरोध नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार २०:५९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।