Logo

खेलकुद

नवौं राष्ट्रिय खेलकुद : आज दुई खेल हुँदै



पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज महिला क्रिकेटमा दुई खेल हुँदैछन् । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता मंगलवार पोखरा क्रिकेट मैदानमा आज समूह ’ए’ का दुई खेलहरु हुने भएका हुन् । 

प्रतियोगिताको पहिलो खेलमा वागमती प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लबबीच प्रतिष्पर्धा हुनेछ भने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच खेल हुनेछ । 

महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । समूह ’ए’ मा एपीएफ क्लब, मधेस प्रदेश, गण्डकी प्रदेश,सुदूरपश्चिम प्रदेश र वागमती प्रदेश रहेको छ भने समूह ’बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश रहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलवार १०:३४   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।