काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबनधन छाडेर नेकपा एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएका छन् । नयाँ मन्त्रीमण्डल विस्तार गर्न मिल्ने वा नमिल्नेबारे निर्वाचन आयोगसँग छलफल गरेका देउवाले नयाँ बनाउन नमिल्ने तर हटाउन भने मिल्ने जवाफ पाएपछि उनीहरुलाई राजीनामा दिन अनौपचारिक सूचना पठाएका हुन् ।
सत्ता गठबन्धनको सरकारमा रहने तर तालमेल प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग गरेपछि सरकारबाट उनीहरुलाई हटाउन लागिएको हो । सोमबार प्रधानमन्त्रीले मन्त्री हटाउने र नयाँ मन्त्री नियुक्ति गर्न संविधान र कानुनले बाधा गर्छ कि गर्दैन भनेर केही कानुन व्यवसायीसँग पनि छलफल गरेका थिए । कानुनविदहरुको सुझावपछि प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका थिए ।
एमालेसँग तालमेल भएपछि सोही दिन चार मन्त्रीले राजीनामा दिने अपेक्षा सरकारले गरेको थियो । मंगलबारसम्म कुरेको भन्दै अब पनि उनीहरुले राजीनामा नदिए बर्खास्त गर्ने तयारी भएको बताइएको छ ।




















प्रतिक्रिया