Logo

खेलकुद

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा



काठमाडौं । दस खेलाडीमा सीमित म्यानचेस्टर सिटीले मंगलबार कोपनहेगनसँग गोलरहित बराबरी खेलेपछि युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । सिटी पेनाल्टीमा गोल गर्न चुकेको थियो भने अर्को उसको एक अर्को गोललाई ‘भार’ ले मान्यता दिएन् ।

समूह ‘जी’ को अर्को खेलमा सेभियाले बोरुसिया डर्टमुन्डसँग १–१ को बराबरी खेलेपछि पेप ग्वार्डिओलाको सिटी नकआउट चरण पुगेको हो । समूह ‘एफ’ मा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले साख्तार डोनेस्कसँग १–१ को बराबरी खेल्यो ।

यस्तै आरबी लाइपजिगले सेल्टिकलाई २–० ले हरायो । यो हारले सेल्टिक भने प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘एच’ मा मकाबी आइफाले युभेन्ट्सलाई २–० ले स्तब्ध पार्‍यो । यसमा दुवै गोल ओमर ओटजिलीले गरे ।

यो हारले युभेन्ट्सको नकआउट चरणको यात्रा निकै कठिन भएको छ । समूहको अर्को खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र बेनफिकाले १–१ को बराबरी खेले । दुवै टिम आठ आठ अंकमा छन् ।

समूह ‘ई’ मा चेल्सीले एसी मिलानलाई २–० ले हरायो र सात अंकमा शीर्ष स्थानमा रह्यो । त्यसमा जोर्जिन्हो र पिएरी एमरिक अबामेयाङले एक-एक गोल गरे । समूहको अर्को खेलमा आरबी साल्सबर्ग र डायनामो जागरेबले १–१ को बराबरी खेले ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार ०७:२८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।