चितवन । चितवनको निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका रामप्रसाद न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । त्यहाँ एमालेले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई सहयोग गर्ने भएको छ ।
उनको उम्मेदवारी फिर्ता लिनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको थियो । तर, न्यौपाने आयोगको सम्पर्कमा चाहिँ पुगेका छैनन् । अधिकृतको कार्यालयले यस विषयमा अहिलेसम्म कुनै निर्णय भने लिएको छैन । कोइरालाले भने आफूलाई एमालेले समर्थन गर्ने भएको र एमालेको समर्थनमा आफू उम्मेदवार भएको बताएका छन् ।
यो क्षेत्रमा पहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावी मैदानमा उत्रिने तयारीमा थिए । तर, अन्तिम समयमा उनी गोरखा २ मा पुगेका छन् । त्यसपछि त्यहाँ गठबन्धनले नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।
यहाँ राप्रपाका विक्रम पाण्डेले पनि प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएका छन् ।




















प्रतिक्रिया