Logo

प्रमुख समाचार

गंगा चौधरीको चुनाव चिह्न ‘लौरो’



काठमाडौं । दाङ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएकी गंगा चौधरीले चुनाव चिह्न ‘लौरो’ पाएकी छन् । पार्टीले एमालेकी शान्ता चौधरीलाई टिकट दिएपछि असन्तुष्ट बनेकी उनले बागी उम्मेदवारी दिएकी हुन् ।

गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका मेटमणी चौधरी उम्मेदवार बनेका छन् । अब गंगाको ल‘लौरो’सँग सूर्य र कलमको प्रतिस्पर्धी हुने छ । एमाले केन्द्रीय सदस्य समेत रहेकी चौधरीले पार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिएपछि पार्टीले उनको पद खारेज गरिसकेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार १७:३६   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।