काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहिता पूर्णपालना गराउन सम्पूर्ण गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन् । बुधबारबार गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री खाणले यस्तो निर्देशन दिएका हुन् ।
बैठकमा आसन्न निर्वाचन स्वच्छ, निष्पक्ष, धाधलीरहित तरिकाले शान्तिपूर्णरूपमा सम्पन्न गर्न कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताइएको छ । त्यसक्रममा निर्वाचनका चुनौतीबारे सुरक्षा निकायका प्रमुखहरूले अन्य सदस्यहरूलाई जानकारी गराएका थिए । ती चुनौतीलाई समाधान गर्दै अगाडि बढ्ने रणनीति पहिल्याउन पनि सुरक्षा निकायका प्रमुखहरूले आग्रह गरेका थिए ।
कहाँ कहा के सुरक्षा चुनौती छन् र ती चुनौतीलाई समाधान गर्न के गर्नुपर्छ भन्नेबारे प्रदेशस्तरमा प्रदेशस्तरीय सुरक्षा गोष्टी गर्ने प्रस्ता बैठकमा गृहमन्त्रालयको सुरक्षा समन्वय महाशाखाले पेस गरेको थियो ।
यसैगरी बैठकमा केही दिनअघि कर्णाली र सुदूरपश्चिमका केही जिल्ला तथा बाँके, बर्दिया र दाङमा बाढी पहिरोले पुर्याएको क्षति र आगामी मंसिर चार गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबारे छलफल भएको छ ।




















प्रतिक्रिया