Logo

प्रमुख समाचार

सत्ता गठबन्धनकाे ठहर : राजनीतिक पूर्वाग्रहमा रुपन्देही–२ मा राजु गुरुङको उम्मेदवारी खारेज गरियो



बुटवल । सत्तारुढ गठबन्धनले रुपन्देही–२ मा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी राजनीतिक पूर्वाग्रह राखेर खारेज गरिउको भन्दै निर्वाचन अधिकृतको भूमिकामाथि प्रश्न उठाएको छ । गठबन्धनका उम्मेदवार गुरुङविरुद्ध कुनै उजुरी नपरेको अवस्थामा कुनै संस्थाले भनेको आधारमा उम्मेदवारी खारेज गर्नु राजनीतिक पूर्वाग्रह नै भएको गठबन्धन दलहरुको ठहर छ ।

निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र न. २ मा गठबन्धन दलहरुले बुधबार ज्ञापनपत्र बुझाउँदै निर्वाचन अधिकृतलाई हटाउन पनि माग गरेका छन् । साथै उनीहरुले निर्णय सच्याउन निर्वाचन आयोगसँग माग गरेका छन् ।

नेपाली काँग्रेस रुपन्देही निर्वाचन क्षेत्र न. २ का क्षेत्रीय सभापति पर्शुराम ढकाल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द केसी, नेकपा एकीकृत समाजवादी रुपन्देहीका उपाध्यक्ष चीनबहादुर गुरुङ, राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष पदम श्रेष्ठ र नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य हरि घर्तीले संयुक्त रुपमा निवेदन दिँदै राजु गुरुङको उम्मेदवारी खारेजको निर्णय सच्याउन माग गरेका हुन् ।

उनीहरुले निर्वाचन अधिकृत उदवीर नेपालीको निष्पक्षतामाथि पनि प्रश्न उठाएका छन् । ‘तपाईं राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको नीजि सचिवालयबाट काजमा आएको हुँदा तपाईले गराउने निर्वाचन निष्पक्ष हुन्छ भन्नेमा हामी दलहरु विश्वस्त छैनौं’, ज्ञापनपत्रमा भनिएको छ । दलहरुले निर्णय र कार्यतालिका नसच्याए दुर्घटना हुनसक्ने चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार २१:३७   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।