Logo

प्रमुख समाचार

रञ्जु दर्शनाको चुनाव चिन्ह सेलरोटी



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले सेलरोटी चुनाव चिन्ह पाएकी छन् ।

बुधबार निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र उम्मेदवारहरूलाई चिन्ह वितरण गरेको थियो । सेलरोटीको चाङ चुनाव चिन्ह पाएपछि दर्शनाले खानाका रूपमा सेलरोटी आफ्नो मनसँग निकै नजिक रहेको बताएकी छन् ।

केही वर्ष पहिले तिहारका बेला दर्शनाले सेलरोटी पकाएर बेच्ने काम गरेकी थिइन् । ०७४ को स्थानीय चुनावमा दर्शना काठमाडौंको मेयर उठेकी थिइन्, नेकपा एमालेका विद्यासुन्दर शाक्यसँग पराजित भइन् । उनले त्यसबेला २३ हजार ४३९ मत ल्याएकी थिइन्। उनी यसपालिको स्थानीय तह चुनावमा भने उठेकी थिइनन् ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार १०:०१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।