Logo

प्रमुख समाचार

मलाई चुनावमा हराउन नसकिने भएपछि टिकट खोसियो : भीम रावल



काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफूलाई टिकट नदिने कदम स्वेच्छाचारी र अन्यायपूर्ण भएको बताएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन् ।

उनले आफूलाई टिकट नदिएको विषयमा नभइ एमालेभित्र नीति र विधि उल्लंघन भएकोमा प्रश्न उठाएको बताए । आफूलाई हराउन नसकिने बुझेपछि टिकट नै खोसिएको उनले आरोप लगाएका छन् ।

होलीवाइनका प्रवर्द्धकलाई समानुपातिक टिकट दिने, एमालेका कार्यकर्तालाई बर्बरतापूर्वक दमन गर्नेलाई मकवानपुरमा टिकट दिने र संविधान दिवसलाई कालो दिवस मनाउनेसँग साँठगाँठ गर्ने कुन सिद्धान्तमा पर्छ ? भनेर प्रश्न गरेका छन् ।

अछाम १ मा रावल सर्वसम्मत सिफारिस भएका थिए । उनको स्थानमा एमालेले माओवादी छोडेर भर्खरै आएका झपट बोहोरालाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार १४:०२   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।