Logo

प्रमुख समाचार

भीम रावलले गरे एमाले नछाड्ने घाेषणा(पूर्णपाठ)



काठमाडौं । नेकपा एमालेका नेता डा‍. भीम रावलले नेकपा एमाले नछाड्ने बताएका छन् । उनले पार्टी नेतृत्वको गति र मतिका आधारमा आगामी दिनमा आफ्नो पाइला तय हुने उल्लेख गरेका छन् ।

बिहीबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलन गरेर नेता रावलले अछाम–१ मा आफूलाई प्रतिनिधिसभा सदस्यका लागि टिकट नदिइएको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

रावलले पार्टीले सुनियाेजित रूपमा आफूलाई उम्मेदवार बन्न नदिएकाे आराेप लगाए । आफूलाई टिकट नदिएकाे कुरा जनता र कार्यकर्तालाई मन नपरेकाे नेता रावलकाे भनाइ छ ।

रावल अछाम–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत उम्मेदवार सिफारिस भए पनि ओलीले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका झपट बोहोरालाई टिकट दिएका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार १५:१५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।