काठमाडौं । मंसिर ४ गते हुने आमनिर्वाचन अघि सत्ता गठबन्धनले सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णय अनुसार कात्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा र लुम्बिनी प्रदेशको बुटवलमा, ५ गते विराटनगर र जनकपुरमा, ६ गते धनगढी र सुर्खेतमा र ७ गते काठमाडौंमा भेला हुने छ । यस्तै बैठकले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन परिचालन समन्वय समिति बनाएको छ ।




















प्रतिक्रिया