Logo

प्रमुख समाचार

सत्य निरूपण र बेपत्ता आयोगको म्याद नाै महिना थप



काठमाडौं । सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद थप गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिम दुवै आयोगको कार्यावधि थप गर्न बाधा अड्काउ फुकाउने आदेश जारी गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्त्र बहादुृर कार्कीले जानकारी दिए ।

यो आदेशसँगै दुवै आयोगको कार्यावधि नाै महिना अर्थात् आगामी २०८० असार मसान्तसम्म थप भएको छ । दश वर्षे सशस्त्र द्वन्द्वका समस्या समाधानका लागि गठित आयोगहरूको म्याद सकिन लाग्दा आयोगहरूमा परेका हजारौं उजुरी र तिनमाथि हालसम्म भएका अनुसन्धानको अवस्थाबारे प्रश्न उठ्ने अवस्था थियो । सरकारले यसअघि पनि आयोगको म्याद सकिन लागेकोमा तीन महिना म्याद थप गरेर त्यसबारे कानुन संशोधनको प्रक्रिया अघि बढाएको थियो ।

तर, त्यसबारेको विधेयक प्रतिनिधिसभाबाट पास हुन सकेको छैन । ०७१ मा दुई वर्षका लागि भनेर गठन भएका दुवै आयोगको अघिल्लो कार्यकाल चार वर्षसम्म चलेको थियो । त्यसयता पटक–पटक म्याद थप हुँदै आएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार १५:०८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।