काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अहिले राजनीतिक दल जान्नेहरुलाई बाहिर राखेर आफैँलाई ठग्ने अवस्थामा पुगेको बताएका छन् । एक्यानले गरेको ‘दिगो आर्थिक विकास’ विषयक सम्मेलनमा उनले नेपाली कांग्रेसले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति कटाक्ष गर्दै यस्ताे बताएका हुन् ।
“हाम्रो देशमा सबैले सबैलाई ठग्दै हामीले आफैले आफैँलाई ठग्ने अवस्थामा पुग्यौँ । सबैले आत्मसमीक्षा गर्नु जरुरी छ,” भट्टराईले भने, “अहिले आफू तीनपटक निर्वाचन जितेर अहिले निर्वाचनबाट बाहिरिएको छु । हामीले दोहोरो कर्म गर्ने, आफूतिर नहेर्ने, उपदेश दिने, ठूला कुरा गर्ने, अन्त्यमा देश छाडेर अन्य देशमा गएर बस्ने र नेपालमा गरिब, निमुखा मात्रै बस्ने हो भने नेपाल कहिल्यै पनि बन्दैन ।”
भट्टराईले कांग्रेसले वाग्लेलाई टिकट नदिएकोमा कटाक्ष गर्दै देशकै ठूलो भन्ने दाबी गर्ने पार्टीले विद्वान व्यक्तित्वहरुलाई निर्वाचन लड्नबाट वञ्चित गराएर देश विकास हुन नसक्ने बताए । वाग्ले नेपालको सबै कुरा बुझ्ने विद्वान भएको पनि बताउँदै उनले वाग्ले जस्तो मान्छेलाई आफूलाई सबैभन्दा ठूलो लोकतान्त्रिक भन्ने पार्टीले चुनाव लड्ने टिकट नदिएकोमा कटाक्ष गरे ।




















प्रतिक्रिया