काठमाडौं । समानुपातिकतर्फको बन्द सूचीमा रहेका उम्मेदवारहरुविरुद्ध १९ वटा उजुरी परेको निर्वाचन आयोगले जनाएको छ । राजनीतिक दलहरुले असोज २ र ३ गते आयोगमा समानुपातिक तर्फको बन्द सूची बुझाएका थिए । उक्त बन्दसूचीमा हेरफेर गर्न आयोगले दलहरुलाई असोज १६ गतेसम्मको समय दिएको थियो ।
दलहरुका तर्फबाट नाम हेरफेर गर्न दिने लगायतका कार्य सकाएपछि आयोगले दाबी विरोध र उजुरीका लागि खुला गरेको थियो । दलहरुका तर्फबाट पेश भएको र संशोधन भइ दलहरुका तर्फबाट फाइनल भएको उम्मेदवारहरु उपर आयोगले दाबी, विरोध र उजुरी लिएको हो ।
प्राप्त उजुरीमाथि छानविन भइरहेको आयोगले जनाएको छ । प्राप्त उजुरीहरुको जाँचबुझ गरेर कार्तिक ९ गते समानुपातिकतर्फको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको तयारी छ ।




















प्रतिक्रिया