Logo

राजनीति

देउवाविरुद्ध उम्मेदवारी दिएका सागरलाई रवि लामिछानेको पार्टीले समर्थन गर्ने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग आगामी निर्वाचनमा प्रतिस्पर्धाको लागि डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका सागर ढकाललाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गर्ने भएको छ । सो पार्टीले ढकाललाई निःशर्त समर्थन गरिएको एक विज्ञप्ति जारी गर्दै जनाएको छ । 

पार्टीको आधिकारिक फेसबुक पेजमार्फत सो पार्टीले भनेको छ, ‘राजनीतिक सिन्डिकेट तोड्ने अभियानमा सागर ढकालहरुको राजनीतिमा प्रवेश र हिम्मत मात्रैले पनि विशेष अर्थ दिनेछ । यस्तोमा बहालवाला प्रधानमन्त्रीका विरुद्धमा निर्वाचनमा होमिनु भएका सागर ढकालको कदमको प्रशंसा गर्दै डडेल्धुरामा सिरिन्ज (सुइ) निर्वाचन चिन्ह लिएका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले निःशर्त समर्थन गर्दछ ।’

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार ११:२८   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।