Logo

प्रमुख समाचार

बहालवाला मन्त्री चौधरीले फिर्ता गरे सरकारी गाडी



सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारी गाडी फिर्ता गरेका छन् ।

चौधरीले मन्त्रीका रुपमा प्रयोग गर्दै आएको बा २ झ ३८४३ नम्बरको सरकारी गाडी शुक्रबार फिर्ता गरेको उनको सचिवालयले जनाएको छ । निर्वाचन आचार संहिता आकर्षित भएकाले गाडी फिर्ता गरिएको चौधरीले सचिवालयले जानकारी दिएको छ ।

नेकपा एकीकृत समाजवादीका नेता चौधरी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा दाङद्द३ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार छन् । चौधरीसँग उनकै दुई पूर्वसहकर्मी शान्ता चौधरी र गंगा चौधरी तत्गौवा चेनावी मैदानमा उत्रिएका छन् ।

शान्तालाई एमालेले उम्मेदवार बनाएको हो भने गंगाले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । शान्ता र गंगा यसअघि ०७४ मा एमालेबाट समानुपातिक पद्धतितर्फबाट प्रतिनिधिसभा सदस्य थिए ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार १४:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।