Logo

प्रमुख समाचार

जति सक्छु १० वर्षमा गर्छु, त्यसपछि स्विच अफ गरेर बाटो लाग्छु : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अबको १० वर्ष सक्रिय राजनीति गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत थापाले एक भिडिओ सन्देश जारी गर्दै १० वर्ष काम गर्ने र त्यसपछि बिदा लिने स्वघोषणा गरेका हुन् । महामन्त्री थापाले १० वर्षपछि स्वीच अफ गरेर आफ्नो बाटो लाग्ने र नयाँ अनुहारलाई ठाउँ दिने बताएका छन् ।

‘म त जम्मा १० वर्ष हो । अब १० वर्ष काम गर्छु, मरेर जति सक्छु गर्छु। ठ्याक्क १० वर्षपछि स्वीच अफ गरेर आफ्नो बाटो लाग्ने हो,’ थापाले भिडिओ सन्देशमार्फत भनेका छन्, ‘मैले त नयाँ मान्छेलाई ठाउँ दिने हो। त्यो बेलासम्म यति खतरा नयाँ मान्छे आइसकेको हुन्छ, हुनैपर्छ । कि उनीहरूले हाम्रोभन्दा राम्रो गर्नैपर्‍यो। यो बुडाहरुले हामीलाई त्यो गर्न दिएन। हाम्रो बाटो रोक्यो, हामी लडिराछौं फेरि । गर्न दिएन भनेर हात उठाएर हिँडेको होइन् ।’

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार २०:३०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।