Logo

प्रमुख समाचार

ओनसरीलाई विकासे मन्त्रालयको मन्त्री बनाउँछु : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–२ कि प्रतिनिधिसभा उम्मेदवार ओनसरी घर्तीले जितेमा विकासे मन्त्रालयको मन्त्री बनाउने बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर २ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वसभामुख घर्तीलाई भोट माग्दै यस्तो बताएक हुन् ।

कार्यक्रममा ओनसरीले आफू निर्वाचित भए जोरपाटी साँखु सडक बनाउने प्रतिवद्धता जनाएकी थिइन् । उक्त सडक बनाउन नसके २ वर्षमा राजीनामा दिने पनि बताएकी थिइन् ।

त्यसैगरी प्रचण्डले मतदातालाई एक अर्का पार्टीको चुनाव चिह्नमा मतदान गर्न अप्ठेरो नमान्न आग्रह गरे । उनले २०४६ सालको आन्दोलनदेखि नै कांग्रेस र कम्युनिस्ट मिलेर आन्दोलन गरेको भन्दै त्यतिबेलैदेखि हसिया हथौडा र रुख एउटैजस्तो भएको बताए ।

प्रचण्डले शान्ति सम्झौतामा नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला र तत्कालिन विद्रोही माओवादीका तर्फबाट आफूले हस्ताक्षर गरेको सम्झिए ।

‘त्यो सम्झौता मैले रुखमा र गिरिजाबाबुले हसिया हथौडामा छाप लाए बरारबर हो’ प्रचण्डले भने ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आईतवार १५:३९   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।